+

युनाइटेडले भित्र्यायो युवा विंगर डियालो

२०७७ पुष  २४ गते ८:३७ २०७७ पुष २४ गते ८:३७
युनाइटेडले भित्र्यायो युवा विंगर डियालो
२४ पुस, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब युनाइटेडले १८ वर्षीय विंगर डियालोलाई इटालियन क्लब एटलान्टाबाट अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका युवा विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ । युनाइटेडले डियालोका लागि १९ मिलियन पाउण्ड खर्च गरेको छ ।
युनाइटेडले गत अक्टोबरमै डियालो अनुबन्धको सम्झौता पक्का गरेको थियो ।  सम्झौताअनुसार डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन् । र एक वर्ष सम्झौता थपको विकल्प समेत रहेको छ ।

एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका डियालोले एक गोल समेत गरेका छन् । गत वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।

म्यानचेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय