+
+
Shares

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १०:०५

पोर्चुगल । बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् ।

पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल जाने तयारीमा थिए। फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको  पोर्चुगाली प्रहरीले बताएको छ ।

त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ ।

आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । अङ्ग्रेजी वर्ष २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?