Comments Add Comment

स्मिथको २७औं टेष्ट शतक

२४ पुस, काठमाडौं । अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले टेष्ट क्रिकेटमा २७औं शतक प्रहार गरेका छन् । बोर्डर गावास्कर ट्रफी अन्तर्गत भारत विरुद्धको तेस्रो टेष्टको दोस्रो दिन स्मिथले शतक प्रहार गर्दै टेष्ट शतक संख्या २७ पुर्‍याएका हुन् ।

भारतका रविन्द्र जडेजाले रनआउट गर्नुअघि स्मिथिले १३१ रन बनाए । त्यसका लागि उनले २२६ बल खेल्दै १६ चौका प्रहार गरे ।  स्मिथको शतक अनी मार्नुस लाबुसचेनको ९१ रन मद्दतमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ३३८ रन बनाएको छ । यस्तै मिचेल स्टार्कले २४ रन जोडे । अष्ट्रेलियाली इनिङ्सको एक मात्र छक्का स्टार्कले प्रहार गरेका थिए ।

भारतका लागि रविन्द्र जडेजाले ४, जसप्रित बुमराह र नवदीप सैनीले समान २ विकेट लिए ।

अहिले क्रिकेट खेलिरहेका खेलाडीमध्ये सर्वाधिक टेष्ट प्रहार गर्ने भारतका विराट कोहलीसँग स्मिथले बराबरी गरेका छन् । दुवैको २७ टेष्ट शतक पुगेको छ ।

यस्तै अष्ट्रेलियाका लागि भने सर्वाधिक शतक प्रहार गर्नेमा स्मिथ छैटौं स्थानमा छन् ।  अष्ट्रेलियाका लागि रिक्की पोन्टिङले सर्वाधिक ४१ शतक प्रहार गरेका छन् । यस्तै स्टिभ वाले ३२, म्याथ्यु हेडनले ३०,  डन ब्राडम्यानले २९ र माइकल क्लार्कले २८ शतक प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment