+
+
Shares

संसद विघटनको विरोधमा विवेकशीलको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते ११:४८

२४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् ।

ऐना बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘रिफ्लेक्ट गरौं नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको छ भने सबैजसो राजनीतिक दल र तिनका भातृसंगठनहरुले विरोध प्रदर्शन पनि गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?