
चलचित्र ‘लुट’का निर्माता माधव वाग्लेले आफै निर्देशन गर्ने गरि चलचित्र ‘पारस’ घोषणा गरे । चलचित्रका लागि विभिन्न कलाकार फाइनल भएको खबर समेत सार्वजनिक भयो । तर, पछि चलचित्रको कथा मन परेको भन्दै निर्माता भूवन केसीले माधवसँग सहकार्य अगाडि बढाएका थिए ।
चलचित्रको निर्देशन माधवले नै गर्ने गरि दि सुपर काजोल फिल्मस्ले चलचित्र बनाउने तयारी समेत गरिएको थियो । तर, अब भने चलचित्रबाट माधव वाग्ले अलग भएका छन् ।
चलचित्रको सम्पूर्ण स्वामित्व भूवन केसीलाई दिएर आफू यो प्रोजेक्टबाट अलग भएको निर्माता वाग्लेले अनलाइनखबरलाई जानकारी दिए । उनले भने–‘चलचित्रको कथा मैले जुन फाइनल गरेको थिएँ, त्यसलाई भूवन केसी र उनको टिमले हेरफेर गर्यो । मैले, जुन कथा सुरुमा फाइनल भएको थियो त्यसमै काम गर्नुपर्छ भनेको थिएँ । तर, कथा हेरफेर भएपछि भूवन केसीलाई चलचित्रको स्वामित्व दिएर म अलग भएको हुँ ।’
चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहनेछ । नायिका भने फाइनल गरिएको छैन । चलचित्रको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रको चाडै नै छायांकन सुरु गर्ने भूवन केसीको तयारी छ ।
प्रतिक्रिया 4