
काठमाडौं । भारतको पश्चिम बंगाल प्रदेशको गोर्खा जनमुक्ति मोर्चाको विनय तामाङ समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै सन् १९५० को नेपाल—भारत शान्ति र मैत्री सन्धीलाई खारेज गर्न माग गरेका छ ।
उनले पश्चिम भारतका रहेका गोर्खाहरुको सुरक्षा र अन्य विषयलाई ध्यानमा राखेर सो सन्धी खारेज गर्न माग गरेका हुन् ।
मोदीलाई लेखेको पत्रमा उनले भुटानसँगको भारतको सन् १९४९ को मैत्री सन्धीलाई पनि खारेज गर्न आग्रह गरेका छन् ।
उनले लामो समयदेखि पेन्डिङमा रहेको छुटै गोर्खाल्याण्ड माग पुरा गर्नका लागि केन्द्रबाट हस्तक्षेप गर्न समेत माग गरेका छन् ।
उनले पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलाई समेत सो पत्र पठाएका छन् ।
तीन वर्षदेखि राजनीतिमा निष्क्रिय रहेका विमल गुरुङ सक्रिय हुन लागेको केही दिनमा नै तामाङले पत्र पठाएका हुन् ।
गोर्खा जनमुक्ति मोर्चाका दुई समूहको माग समान भएपनि उनीहरुको बीचमा मिलाप भने हुन सकेको छैन् ।
प्रतिक्रिया 4