Comments Add Comment

‘पल्पसा क्याफे’की ‘पल्पसा’ बन्दै स्वस्तिमा

चलचित्रमा स्थापित कलाकारहरु रंगमञ्चमा केन्द्रित हुन थालेका छन् । रंगमञ्चबाट उदाएर धेरै कलाकार चलचित्रमा स्थापित भएका उदाहरण त छन् । तर, चलचित्रमा लागेपछि रंगमञ्चमा काम गर्ने कलाकारको संख्या कम छ । नायक राजेश हमाल, नायिका नम्रता श्रेष्ठ जस्ता स्थापित कलाकारले नाटकमा अभिनय गरिसकेका छन् ।

चलचित्र ‘बुलबुल’मा उत्कृष्ट अभिनय गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड समेत जितेकी नायिका स्वस्तिमा खड्काले पनि अब नाटकमा अभिनय गर्ने भएकी छिन् । उनी, नाटकको तयारीका लागि वर्कशपमा व्यस्त छिन् ।

उनले, नारायण वाग्लेले लेखेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’माथि रहेर बन्न लागेको नाटकमा अभिनय गर्ने तयारी गरिरहेकी छिन् । स्वस्तिमा आफैले पनि सामाजिक संजालमा तस्वीर शेयर गर्दा चाडै नै नाटक मञ्चन हुन लागेको जानकारी दिएकी छिन् ।

यो नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन् भने सुरज सुवेदीले उपन्यासलाई नाट्य रुपान्तरण गरेका हुन् ।

स्वस्तिमाले ‘पल्पसा’ नामक पात्रको भूमिकालाई रंग मञ्चमा प्रस्तुत गर्नेछिन् । नायिका स्वस्तिमा खड्काले लकडाउनपछि चलचित्र ‘चिसो मान्छे’ साइन गरेकी छिन् । नाटकको मञ्चन सकिएपछि स्वस्तिमाले चलचित्रमा काम गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment