Comments Add Comment

कोशी राजमार्गमा पुरुषको शव भेटियो

२६ पुस, विराटनगर । इटहरी उपमहानगरपालिका- १० मा पुरुषको शव फेला परेको छ । कोशी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

५०-५५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । आइतबार बिहान करिब ८ बजे मृत भेटिएका पुरुषको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जन केसीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको निधारमा चोट देखिएको छ ।

चोट लागेका कारण पोष्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । राजमार्गको घटना भएकाले हिट एन्ड रन वा मादक पदार्थ सेवन गरेर लडेको हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment