Comments Add Comment

पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

२६ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशकाे टिम घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले अाईतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

टिमकाे उपकप्तानमा अशोक श्रेष्ठ छन् भने अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल विष्णु पाण्डे र दिनेश बुढामगर रहेका छन् ।

यसैगरी टिमको प्रशिक्षकमा रिजन प्रजु छन् भने व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् ।
मिलन लुइँटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार वैकल्पिक खेलाडीमा छन् ।
माघ २ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयाेजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment