Comments Add Comment

भारतको बन्दरा अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

२६ पुस, काठमाडौं । शनिबार भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु भएको छ । जसमध्ये केही शिशुहरु केही दिनका मात्र थिए । महाराष्ट्रको बन्दरा जिल्ला अस्पतालमा आगलागीपछि सात शिशुको भने उद्धार गरिएको थियो ।

अहिलेसम्म के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । प्रहरीले यो घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । अस्पतालमा सर्टसर्किटको कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई हृदय विदारक घटना भएको बताएका छन् । उनले यो घटनामा घाइते भएकाहरुको पनि शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले पनि यो घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । बन्दरा नागपुरबाट ६२ किलोमिटर टाढा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment