+
+

संसद विघटनविरुद्ध सप्तरीमा पनि बयलगाडा जुलुस 

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १७:३०

२६ पुस, सप्तरी । संसद विघटनको विरोधमा सप्तरीमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ ।

नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले जिल्ला सदरमुकाम राजविराजमा आइतबार बयलगाढासहित विरोध प्रदर्शन गरेका हुन् । गोरुसहितको बयलगाडामा प्रधानमन्त्रीको तस्वीर टाँसेर अनेरास्ववियूले प्रदर्शन गरेको हो ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट निस्किएर बयलगाडा जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको  थियो । ब्यलगाडा जुलुस निकाल्ने क्रममा ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुध संर्घष गरौं, प्रतिगामी कदम असफल पारौं, प्रतिगामी कदम मुर्दावाद’ सहितका नारा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?