
आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन्। यस सम्बन्धी सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवी फुयाँल र कोइरालाबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार कोइरालाले आइएमई लाइफको ब्राण्ड एवं यसको मुल्य मान्यतालाई प्रतिनिधित्व गर्नेछिन्। मानव जीवनमा महत्त्वपूर्ण भूमिका भएको जीवन बीमासँग जोडिएको विषयमा साझेदारी गर्न पाउँदा खुसि मिलेको नायिका कोइरालाको प्रतिकृया रहेको छ। सम्झौता २०७७ पुष २४ गतेबाट लागू हुनेछ।
भारत र नेपाल नभई विश्वका अधिकांश देशहरुमा चर्चित नायिका कोइरालालाई आइएमई परिवारमा सामेल गर्न पाउँदा आफुलाई खुसि मिलेको आइएमई लाइफका सीईओ फुयाँलले बताए। नायिका कोइरालासँगको सहकार्यले आइएमई लाइफको ब्राण्ड र प्रोडक्टको प्रचार प्रसार तथा जागरुकतामा सहयोग मिल्ने उनको अपेक्षा छ।
प्रतिक्रिया 4