Comments Add Comment

इटहरीका संगीतकर्मी राम धामीको निधन

इटहरीलाई कर्मथलो बनाएका संगीतकर्मी  राम धामीको निधन भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । ५५ बर्षिय धामी  कोेरोना संक्रमण भएर अस्पताल भर्ना भएका थिए ।  पछि निमोनियासमेत देखिएपछि आईसीयुमा राखेर उपचार गरिएको स्थानिय गायक तथा संचारकर्मी खेम रिसालले बताए ।

इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञसमेत रहेका धामी मोफसलमै बसेर संगीत सिर्जना र प्रशिक्षणमा लागिपरेका थिए । थारु भाषाका अब्बल गायकसमेत मानिने धामीले संगीत शिक्षा दिएका गायक(गायिका नेपाली संगीत क्षेत्रमा छाइरहेका छन् । धामीले संगीत सिर्जना गरेका गीतमा राजेशपायल राई, स्वरुपराज आचार्य, आभा मुकारुङ लगायत दर्जनौ गायक(गायिकाले स्वर दिएका छन् । उनका ‘जिन्दगी तँ जस्तो छस्’, ‘अँधेरीमा जूनका कुरा’ लगायत गीत लोकप्रिय छन् । संगीतकार धामीको पार्थिव शरीरलाई विहान संगीत साधना प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखेर इटहरी नगर परिक्रमापछि सोमबार दिउँसो अत्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment