Comments Add Comment

संविधानसभा सदस्यहरुको हस्ताक्षर संकलन अभियान सुरु

२७ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुको हस्ताक्षर अभियान सुरु भएको छ ।

बहुमत प्राप्त प्रधानमन्त्रीले यसरी प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरुको विधायकी मनसाय नभएकाले हस्ताक्षर संकलन सुरु गरिएको मञ्चकी अध्यक्ष कल्पना धमलाले जानकारी दिइन् । उनका अनुसार दुवै संविधानसभाका सदस्यहरुको हस्ताक्षर संकलन गरेर राष्ट्रपति र सभामुखलाई बुझाइने छ ।

अभियानमा समर्थन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment