Comments Add Comment

युरोपको विरामी : टर्कीबारे केही रोचक तथ्य

काठमाडौं । युरोप र एसिया महादेशको सिमानामा पर्ने मुलुक टर्कीलाई एसिया र युरोप बीचको पुल पनि भनिन्छ ।

टर्कीलाई अर्को अनौठो नामले पनि चिनिन्छ, त्यो हो ‘युरोपको विरामी’ । आखिर टर्कीलाई किन युरोपको बिरामी भनिन्छ त ? यसको अनौठो इतिहास छ ।

टर्कीको इतिहास निकै पुरानो तथा गर्विलो छ । इशापूर्व युनानीहरुको बसोबास तथा स्थानान्तरण अनि पछि सन् ८०० देखि १४०० सम्म तुर्क जातिको प्रादुर्भाव टर्कीको इतिहासका प्रमुख लिखित घटनामध्ये पर्दछन् ।

इतिहास अनुसार इशापूर्व १२०० ताका होमरको ओडिसीमा वर्णन गरिएअनुसार ट्रोयको युद्धमा पनि टर्कीको पश्चिमी तटमा ट्रोयबासी तथा युनानी द्विपमा रहेको साम्राज्यको बीचमा भएको थियो ।

इतिहासमा टर्की विभिन्न साम्राज्यहरुको अधिनमा रह्यो । ५३० इशापूर्वमा टर्की इरानको फारसी साम्राज्यको हिस्सा बनेको थियो । त्यस्तै युनानीहरुसँगको युद्धका कारण टर्की कैइन् वर्षसम्म ग्रिक र इरानी साम्राज्यबीच बाँडियो ।

इशापूर्व ३३० मा पुनः टर्की अलेक्जेन्डर महानको मेसेडोनियन साम्राज्यको अधीनमा आयो र पछि यो रोमन साम्राज्य तथा सासानी साम्राज्यको पनि हिस्सा बन्यो ।
सासानी साम्राज्यको अन्त अर्थात् सन् ६३५ पछि त्यहाँ इस्लाम धर्मको प्रचार भयो र पछि त्यो औगुज, सल्जूक तथा उस्मानी टर्किस सुन्नी इस्लाममा परिणत भयो ।

१६ औँ शताब्दीताका टर्किस अर्थात् अटोमन साम्राज्यले पूरै टर्कीमा कब्जा जमायो । १८ औँ सताब्दी सम्म अटोमन साम्राज्य निकै विशाल तथा शक्तिशाली बनेको थियो । तर टर्किस सुल्तानहरुको विलासी प्रवृत्ति तथा अत्याचार नै उक्त साम्राज्यको पतनको कारण बन्यो ।

अटोमन सुल्तानहरुको अत्याचार टर्कीमा यतिधेरै बढ्यो कि त्यहाँ बस्ने मानिसहरु विस्तारै आफ्नो स्वतन्त्रताका लागि आन्दोलन सुरु गरे । जसका कारण अटोमन साम्राज्य कमजोर हुन थाल्यो । १९ औँ शताब्दीमा उक्त साम्राज्यको पतनको प्रक्रिया लगातार बढ्दै गयो । विस्तारै टर्कीको अवस्था यति कमजोर बन्यो कि टर्कीको नाम नै युरोपको विरामी रहन गयो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment