Comments Add Comment

सर्लाहीमा ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो

२८ पुस, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ ।

मंगलवामा आयोजित सभामा मंगलबार दिउँसो जाने क्रममा नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।

‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, लामाले भनिन् । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment