
२८ पुस, कैलाली । कैलालीको भजनीमा बुधबारदेखि तीन दिनसम्म सार्वजनिक बिदा हुने भएको छ ।
थारु समुदायको महान् पर्वका रूपमा रहेको माघीको अवसरमा नगरपालिकाले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिम सरकारले भुवा पर्वको अवसरमा पुस २९ गते सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ । माघ १ गते संघीय सरकारले र माघ २ गते नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।
माघ २ गते दिइने बिदाबारे नगरपालिकाले सूचनामार्फत जानकारी गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4