Comments Add Comment

पल्सर स्पाेर्टस अवार्ड : गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी

फाइल तस्वीर

२८ पुस, काठमाडौं । जलपरी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी चयन भएकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १७औं संस्करणको स्पोर्टस अवार्डमा गौरिकाले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् ।

गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले ऐतिहासिक ४ स्वर्णसहित कूल पदक जितेकी थिइन् ।

उनले अवार्ड जित्ने क्रममा १३औं सागमै २ स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पारिन् ।

गौरिकाले साग इतिहासमै पहिलो व्यक्तिगत स्वर्ण जित्नुका साथै १३औं सागमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक जितेकी थिइन् ।

उनले सागमा नेपालको लागि सर्वाधिक ४ स्वर्ण जित्ने तेक्वान्दव खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गरेकी थिइन् भने एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी थिइन् । यस्तै आठौं राष्ट्रिय खेलकुदमा उनले सहभागि सबै १२ वटै स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

गौरिका सिंह (पौडी)

– वर्ष २०७६ जलपरी गौरीकाका लागि स्वर्णमय रह्यो ।
– १३औं सागमा चार स्वर्णको कीर्तिमान सहित दुई रजत र तीन कास्य जित्न सफल
– सागमा सर्बाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानमा बराबर
– आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment