
२८ पुस, काठमाडौं । क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ । हरेक ग्राहकले रु २८१६ देखि रु ४१३० क्यास डिस्काउन्ट र २ महिना सम्म पाउनेछन्। कम्पनीले यो अफर अनलाईन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो ।
कोरोना (कोभिड १९)भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरिय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महा छुट अफर’दिएको छ ।
कम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्नेछ ।
ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाइन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ ।
त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा उपलब्ध छ । यो भनेको ग्राहकले ६ महिनाको शुल्क तिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो । तीन महिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ।
कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनि आईपीटीभी एचडी च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध रहको कम्पनीले बताएको छ ।
त्यस्तै ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गर्नुभए कम्पनीले सेवामा थप बोनस उपलब्ध गराउनेछ । जहाँ एक वर्षको योजनामा २ महिना निःशुल्क बोनस पाइनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ ।
त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए १५ दिनको बोनस पाइने छ । यो विशेष अफर नछुटाउन कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारीले ग्रहकहरुलाई अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया 4