+
+

नेपालमा ‘प्रोटोन साँगा’को भर्चुअल लन्च गर्दै जगदम्बा मोटर्स

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १३:३६

जगदम्बा मोटर्सले नेपाल ल्याएको मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको सागा कार भर्चुअल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बाले हालै भित्र्याएको ‘प्रोटोन सागा’ बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागिएको जगदम्बाले जानकारी दिएको हो।

भर्चुअल लञ्चको साँझ ५ बजे प्रत्यक्ष प्रसारण गरिनेसमेत जगदम्बाले जनाएको छ। कम्पनीले सन् १९८५ मा प्रोटोन सागाकै रुपमा पहिलो गाडी बजारमा ल्याएको थियो। हाल प्रोटोन संसारका ७० भन्दा धेरै मुलुकहरुमा बिक्री हुँदै आएको छ।

प्रोटोन सागा उत्कृष्ट विशेषता तथा डिजाइनयुक्त ररुचाइएको सेडान कार हो। यसका भित्री तथा बाहिरी लुक्स पनि आकर्षक रहेको कम्पनीले जनाएको छ। यो गाडीमा १.३ लिटरको भिभिटी इन्जिन छ। यो गाडीको पावर क्षमता अरुभन्दा बढी भएको बताइएको छ।

गाडीमा स्मार्ट्फोन कनेक्टिभिटीको विशेष सुविधा जडान गरिएको छ। यसमा ४२० लिटर क्षमताको ट्रंक रिलिज अन्य गाडीका तुलनामा बढी लगेज अटाउँछ। चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एयर ब्यागको सुविधासमेत जडान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?