+
+

दैलेखमा भिरबाट लडेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १८:०४

२९ पुस, सुर्खेत । दैलेखमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आठबिस नगरपालिका–३, निमाइल निवासी ५८ वर्षीय एबने बडुवाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार बडुवाल मंगलबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएको र अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा घरदेखि एक किलोमिटर पूर्व निमाली खोलाको भिरमा घाइते अवस्थामा फेला परेका थिए ।

घाइते बडुवाललाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ लैजाँदै गर्दा बुधबार बाटोमै मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?