Comments Add Comment

भोला थापाले ल्याए ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’

काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा.डा. भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंगेजी पुस्तक बजारमा आएको छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा.डा. थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको यस पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्मका विकासलाई समेटिएको छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा.सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको बताए ।

यसअघि प्रा.डा.थापाले ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तक प्रकाशित गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment