१ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भएका २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ ।
जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १-१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले ऐतिहासिक स्वर्ण जितिन् । नेपाली एथलेटिक्सको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको यो पहिलो हो ।
पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता हुन् । पुरुषमा १३औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए ।
टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले स्वागत गरे । नेपाली टोली ढाकाबाट कोलकातासम्म हवाइमार्गबाट आएको थियो । कोलकात्ताबाट मौसमका कारण उडान डिले भएपछि टोली स्थलमार्गबाट बागडोग्रा हुँदै झापाको भद्रपुर आएको थियो । भद्रपुरदैखि हवाइमार्गबाट टोली बुधबार काठमाडौं आएको हो ।
नेपालबाट ढाका जाँदा भने टोली हिमालयन एयरलाइन्सको चार्टड विमानमा गएको थियो ।
प्रतिक्रिया 4