Comments Add Comment

ओलीजीमा एउटा क्षमताचाहिँ रहेछ : प्रचण्ड

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । प्रचण्ड-माधव समूह काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘यो झुटोसुटो कुरालाई हो कि भन्ने पार्न सक्ने क्षमताचाहिँ केपीमा रछ ।’

ओलीले विभिन्न सार्वजनिक मञ्चबाट लगाएका आरोपहरुको खण्डन गरे । ओली तानाशाह, निरकुश, लोकतन्त्र, गाणतन्त्र, संघीयताको विरोधी, संविधानको विरोधीका रुपमा देखा परेको भन्दै छिटै (केही महिना) तह लगाइने उद्घोष गरे ।

निर्वाचन आयोगबाट आधिकारिता पाउने र सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापित हुने विश्वास पनि अध्यक्षद्धयको छ ।

‘ओली त निर्घिनी रहेछन्’

ओलीले केही दिनअघि प्रचण्ड-माधव पक्षलाई ‘भगौडा’को संज्ञा दिएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले ओलीलाई निर्घिनीको संज्ञा दिए ।

ओलीलाई जवाफ दिँदै प्रचण्डले भने, ‘उहाँले एक ठाउँमा बोल्दा हामीलाई भगौडा भन्नुभएछ क्या । यो अब सुन्न पनि कान थुन्न के थुन्नु ! आखाँले देखिन्छ के आँखा छोप्नु । ७२ प्रतिशत केन्द्रीय सदस्य भगौडा र ३० प्रतिशत पनि नभएको चाहिँ आधिकारित, त्यो रैथाने ? यस्तो संसारमा कहीँ हुन्छ ? केपी ओलीको दिमागबाहेक अन्त .. बैठक बस्न पर्‍यो  भन्दा उहाँ बैठकबाट जहिले भाग्ने, उहाँ चै भगौडा नहुने ? पार्टीलाई लात हानेर भाग्ने चै भगौडा नहुने ? विधान अनुसार बैठक बस्दा हामी चाहिँ भगौडा ? यो लाज, घिन अलिकति मान्छेमा हुनुपर्छ क्या, अलिअलि नैतिक भन्ने हुनुपर्छ नि । मान्छेले लाज मान्नुपर्ने ठाउँमा लाज पनि मान्नुपर्छ रे, डर मान्ने ठाउँमा डर पनि मान्नुपर्छ, घिन मान्ने ठाउँमा घिन पनि मान्नुपर्छ । निर्घिनी हुन हुन्न क्या । केपी ओलीजी त निर्घिनी, लाजमर्दो । तर, यो झुटोसुटो कुरालाई हो कि भन्ने पार्न सक्ने क्षमताचाहिँ केपीमा रछ ।’

पार्टीमा एकै दिन वामदेव गौत्तमलाई बिहान बोलाएर तपाईं नै प्रधानमन्त्री भनेर फकाउने, दिउँसो माधव नेपाललाई बोलाएर तपाईं नै अविभावक, तपाईं नै पार्टी अध्यक्ष, तपाईं नै अबको प्रधानमन्त्री भन्ने, बेलुकी आफूलाई बोलाएर एमालेमा कोही भएन त्यहि भएर त तपाईंसँग एकता गरेको, तपाईं हो भनेर ओलीले भन्ने गरेको भन्दै प्रचण्डले हरेक कोणबाट ओलीले खाली ढाँट, छलको राजनीतिक गर्दै आएको टिप्पणी गरे । ओलीलाई ढाँडछलका कुरा गर्न ‘दूध भात खाए’ जस्तो भएको उनको टिप्पणी छ ।

अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीको इमानदारितासँग कुनै साइनो नभएको बताए । ‘केपी ओली ढटुवा हो, इमानदारीतासँग ओलीको साइनो छैन,’ नेपालले भने ।

संवैधानिक निकाय आफ्नो नियन्त्रणमा पार्नका लागि अध्यादेश ल्याएको तर पार्टी बैठकमा झुट बोलेर संवैधानिक निकायहरूमा नियुक्ति गरेको भन्दै नेपालले ओलीलाई ढटुवाको संज्ञा दिएका हुन् ।

तीन जनाको उपस्थितिमा परिषदको बैठक बस्न र निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याएपछि गत कात्तिक ३० गते बसेको संवैधानिक परिषदको बैठकले बिभिन्न निकायमा नियुक्ति गरेको थियो । उक्त निर्णय पुस ५ गते मात्रै सार्वजनिक भयो । सोही दिन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गरेकी थिइन् ।

घेराबन्दी कसले गर्‍यो ?

प्रचण्डले पार्टीले काम गर्न दिएन भनेर ओलीले झुटो बोलेको भन्दै त्यसको प्रमाण पेस गर्न चुनौती दिए ।

पार्टीले काम गर्न दिएन भनेर ओलीले दिउँसै रात पारेको उनको टिप्पणी छ छ ।

‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ उनले भने ।

बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरूको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भए उनका सामू नेताहरूको विश्वास लिने वा बहुमत सदस्यहरूलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने विकल्प रहेकोमा त्यसो नगरी म नभए केही हुँदैन भनेर लोकतन्त्र, गणतन्त्र समानुपातिक समावेशी, धर्मनिरपेक्षता जस्ता उपलब्धि र संविधान मास्न उद्धत भएको आरोप लगाए ।

हतरपतर पार्टी एकता गरिएको थिएन

प्रचण्डले हतरपतर पार्टी एकता गरिएकाले फुट आएको हो कि भन्ने शंका नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएको उनको दाबी छ ।

‘हिजो मैले पार्टी एकताका लागि केपी ओलीसँग प्रस्ताव लगेको थिए । त्यसलाई फर्केर स्मरण गरौं । हामी अलग-अलग बसी राख्नुको औचित्य छैन भनेर मैले भनेको थिए ।

त्यसपछि केपी ओलीले सकारात्मक छु भन्नु भएको थियो । त्यसपछि हामीले बाम गठबन्धन घोषणा गरेका थियौं र नागरिकमा उत्साह छाएको थियो । देशमा सामाजिक न्यायसहितको समृद्धि हुन्छ भनेर देशैभरी छायो । जनताबाट पनि अनुमोदन भयो । दशकौँ वर्षदेखि बोलचाल नगर्ने साथीहरु दश दिनमै दशकै देखिको सम्बन्ध भएको जसरी प्रचारमा गए’ प्रचण्डले भने, ‘त्यसकारण पार्टी एकता गर्दा विचारमा प्राप्त गम्भिरता नदेखाएको भन्ने लाग्दैन । हामीले हतरपतर गरेर एकता गरिएको होइन । सोच विचार गरेर नै एकता गरिएको हो’ उनले भने ।

प्रयाप्त छलफल गरेर जनताको जनवादमा जाने, समाजवादतिर जाने गरी पार्टी एकता गरिएको भन्दै उनले अहिले आएर पूर्व एमाले र माओवादी भनेर ओली समूहले विछिप्त मानसिकता प्रकट गरिरहेको टिप्पणी गरे । ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’ प्रचण्डको भनाइ छ ।

जी न्युजलाई अन्तरर्वाता दिनुको रहस्य !

प्रचण्डले भारतीय टेलिभिजन जि न्युजलाई दिएको अन्तरवार्ता प्रति कटाक्ष गरेका छन् र त्यसको उदेश्य के थियो भन्ने खुल्दै जाने उल्लेख गरे ।

केही समयअघि भारतीय रअ प्रमुखसँग राती राती भेट गरेको र नेपालको निरन्तर विरोध गर्दै आएको जि न्युजलाइ अन्तरवार्ता दिएको प्रसंग कोट्याउँदै उनले प्रतिनिधि सभा विघटन पनि भारतको निर्देश्नमा गरेको हो ? भन्दै प्रश्न गरेका छन् ।

‘अहिले त नाङ्गै देखिएको छ नि विदेशी शक्ति केन्द्र आएर उहाँलाई के के मन्त्र सुनाए उनले अघि भने, ‘उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्‍यो सारा जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपीजी ?’

ओलीको गतिविधि जनताले हेरिरहेका उल्लेख गर्दै उनले थपे, ‘मैले भारतलाई केही भन्न खोजेको होइन, तर केपीजीले कस्तालाई विशेष दूत भनेर बोलाउनुभयो । बालुवाटार तीन घण्टा मन्त्रणा गर्नुभयो । हाम्रै प्रधानमन्त्रीले अपारदर्शी तरिका अपनाएको त नेपाली जनताले आˆनो आखाँले हेरेकै छन् नि ।’

गत असारमा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर बोलेको स्मरण गर्दै उनले भने, ‘ त्यतिबेला हामीले हटाएनौं । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

यद्यपि मन्त्रिपरिषद्, पार्टी र सर्वोच्च अदालतसँग माफी माग्ने अवसर अझै बाँकी रहेको उनले बताए ।

भारतीय च्यानल जी न्यूजमा सोमबार प्रसारित प्रधानमन्त्रीको अन्तरवार्ता नाटक भएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले नै बोलाएर अन्तर्वार्ताको नाटक गरेको

प्रचण्डको आरोप छ । उनले भने, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले ।’

‘ओली अब सुध्रिदैनन’

प्रचण्डले ओलीलाई सुधार्न आफुले धेरै प्रयत्न गरेको सुनाए । ओलीले तीन पटकसम्म पार्टी विभाजन गर्न खोज्दा आफूले लडेर नभइ झुकेर एकता जोगाएको उनको भनाई छ ।

अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पटक पटक पार्टी फुटाउने प्रयास गरेका ओलीले संसद विघटन गरेर ‘घर मै आगो’ लगाईदिएको बताए ।

ओलीलाई तानाशाही, निरकुश, लोकतन्त्र, गाणतन्त्र, संघीयताको विरोधी, संविधानको विरोधीका रुपमा चित्रण गर्दै उनले अब छिट्टै (केही महिना) मा ओलीलाई लगाइने बताए ।

‘सच्चिए होलान् कि भन्ने ठानेको के पो हुन्थ्यो कुकुरको पुच्छर जति तेल लाए पनि बाङ्गा का बाङ्गै । कुकुरको पुच्छर सिधा हुन्छ, तर जति तेल लगाएपछि ओली सिधा हुँदैनन्’ प्रचण्डले भने ।

ओलीले तीन पटक पार्टी फुटाउन खोज्दा रोकेको र एकता जोगाउन तीन वर्षसम्म धेरै तेल लगाएको प्रचण्डको भनाइ थियो । तर ओली नसु”एिको भन्दै उनले अहंकारी भ्यागुतो जसरी म सबैभन्दा ठूलो हुँ भन्दाभन्दै पेट फुटेर मर्ने बताए ।

अर्का अध्यक्ष नेपालले पनि अब ओली नसुध्रने बताए ।

‘उहाँ फोहोरको डंगुर हो, सुनिन्छ कि भनेर फोहोर बोकेर हामी हिँड्यौँ र गन्हायौँ । तर उहाँ सु”निुभएन’, नेपालले भने ।

नेपालले केपी ओलीको भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे । ओलीसँग नडराउने नेपालले बताए । नेपालले भने, ‘कस्ता-कस्ता तानाशाहसँग डराइएन । केपी ओलीसँग पनि डराइन्न ।’

अध्यक्ष नेपालले ओलीको सर्वसत्तावादी प्रबृत्ति, अहंकार, मै राज्य हुँ, मै पार्टी हुँ भन्ने प्रबृत्तिका कारण सबैले उनको साथ छोड्ने र उनको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे ।

नेता नेपालले ओली समूह कम्युनिस्ट सोंच र संस्कृति नभएको ‘सडकछाप’ पार्टी भएको आरोप लगाए ।

लोभलालचमा परेर ओलीतिर गएकाहरु अराजनीतिक, दास र सामन्ती चिन्तन देखिएको उनले बताए । ओलीलाई उनी भन्दा उमेरले जेठो स्थायी कमिटी सदस्यले पनि खुट्टामा ढोक्ने गरेको प्रसँग नेपालले सुनाए ।

ओलीको अहंकारको नाङ्गो रुपबारे नेपालले संक्षिप्त कथा सुनाए- ‘एउटा राजा नांगै हिँडेछ । कसैले नांगो भन्न सक्दैन । सत्य भन्यो भने मारिहाल्छ । राजा बाहिर निस्केछ ।

मान्छेहरु खासखुस मात्रै गर्छन् । तर, एउटा साँचो कुरा बोल्ने अवोध बालकले भनेछन्, राजा नांगै छन् । त्यसपछि सबैले राजा नांगै छन् भने । केपी ओली पनि एकदिन त्यसरी नै नांगै हुनेछन् ।’

अदालत र आयोगलाई सुझाव-जोकरपनको पछि नलागुन्

अध्यक्ष प्रचण्डले ओलीलाई राजनीतिक जोकरको संज्ञा दिएका छन् र त्यस्तो जोकरपनको पछाडि नलाग्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी छन् । अन्यथा आन्दोलनको आँधी हुरी बतास आउने उनको चेतावनी छ ।

तर, आफुहरूले सर्वोच्च अदालतप्रति विश्वास गरेको र निर्वाचन आयोगबाट कानुन विपरित कुनै काम नहुने आश्वासन पाएको भन्दै उनले संसद पुर्नस्थ्ाापना हुने, नेकपाको आधिकारिता र सूर्य चिहृन पनि आफुहरुले नै पाउनेमा ढुक्क हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘हामीलाई के विश्वास छ भने दलसम्बन्धी ऐनअनुसार जो बलियो छ त्यही आधिकारिक हुन्छ । म विश्वस्त दिलाउन चाहन्छु, निर्वाचन आयोगले ऐन र विधानभन्दा बाहिर जाने छैन । सूर्य चिहृन हाम्रै हुन्छ,’ प्रचण्डले भने, ‘केपी ओलीले गरेजस्तै फेरि भए के नेपाली जनताले हेरेर बस्छ न? सहेर बस्न सक्छन ?’

पार्टीको विधान आयोगमा रहेको र दुई तिहाई बहुमत विना विधान संशोधन कसैले गर्न नसक्ने, दल सम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको आधिककारीक पार्टी हुने भन्ने भएकाले आफूहरु नै आधिकारीक भएको प्रचण्डले दोहोर्याए । उनले भने, ‘यदि पार्टीको नाम नेकपा र सूर्य चुनाव चिन्ह भएन भने यहाँ कयामत आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment