Comments Add Comment

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बिहीबार दिउँसो बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो ।

यो समूहले संसद् विघटन विरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शन गरेको छ । नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment