Comments Add Comment

अन्तर्राष्ट्रिय भर्चुल पुम्से माघ १३ र १४ गते

१ माघ, काठमाडौं । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुल पुम्से तथा हाइस्पिड किक तेक्वान्दाे च्याम्पियनसिप माघ १३ र १४ गते हुने भएकाे छ ।

काेटेश्वर तेक्वान्दाे डाेजनङ, स्युचाटार तेक्वान्दाे डाेजाङ, मुलपानी तेक्वान्दाे डाेजाङ, बाल गीताञ्जली स्कुल, मर्निङ ग्लारी स्कुल र काभ्रेस्थली तेक्वान्दाे डाेजाङकाे संयुक्त आयाेजनामा प्रतियोगिता सञ्चालन हुने आयाेजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएकाे छ ।

प्रतियाेगितामा विभिन्न २९ राष्ट्रका करिब १ हजार ३ सय खेलाडीले सहभागिता जनाउने आयाेजकले जनाएकाे छ ।

नेपालमै पहिलाे हाइस्पीड च्याम्पियनसिप हुन लागेकाे आयाेजककाे दाबी छ । पुम्सेमा ६० र हाइस्पिडमा ३० गरि कुल ९० विधा समावेश गरिएकाे छ ।

पुम्सेतर्फ पुरुष/महिलाकाे किड्समा ५/५, पीबीमा ५/५, सवजुनियरमा ५/५, सिनियरमा १/१, यू ४० मा १/१, यू ५० मा १/१, यू ६० मा १/१ र ६० वर्ष माथिमा १/१ इभेन्ट समावेश छ । यस्तै हाइस्पिड किकतर्फ पुरुष/महिलाकाे क्याडेटमा ५/५, जुनियरमा ५/५ र सिनियरमा ५/५ गरी ३० इभेन्ट समावेश छ ।

प्रतियेगिताकाे उत्कृष्ट खेलाडी पुरुष र महिलाले एक सय डलर पउनेछन् । यस्तै युट्युबमा सर्वाधिक भिडियाे हेरिएकाे आधारमा एकजना माेस्ट पपुलर प्लेअर १ सय ५० अमेरिकी डलर पाउनेछन् । प्रतियाेगिताकाे अनुमानित बजेट ५ लाख ६० हजार रहेकाे आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment