+
+

पेस्तोलसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते १७:१८
प्रतीकात्मक तस्वीर

१ माघ, काठमाडौं । महोत्तरीबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डल रहेका छन् ।

प्रहरीले उनलाई मटिहानी नगरपालिका-८ चिउरामिलबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?