Comments Add Comment

एक वर्षमै नेप्से परिसूचक ९०७ अंकले उकालो, पुँजीकरण ३१ खर्ब नजिक

२ माघ, काठमाडौं । सेयर बजारको पुँजीकरण ३१ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म सेयर बजारको पुँजीकरण ३० खर्ब ७९ अर्बर् ९४ करोड रुपैयाँ पुगेको हो ।

समग्रमा सेयरको मूल्यमा भएको सुधार र केहि नयाँ सेयर समेत सूचीकृत भएका बजार पुँजीकरणमा निकै राम्रो सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो महिनाकै तुलनामा पनि सेयर बजारको पुँजीकरण १३ खर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार २०७७ मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

सेयर बजारको पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकमा समेत निकै राम्रो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनाको चुलनामा चालु आर्थिक वर्षको ५ महिनामा ९०७ अंक भन्दा धेरैले नेप्से परिसूचकमा सुधार आएको छ । कुनै बेला बजार निकै ओरालो लागेर १ हजार हारहारीमा पुगेको नेप्से परिसूचक पुस मसान्तसम्म २ हजार २ सय भन्दा माथि पुगेको छ ।

मंसिरसम्मकै मात्रै तथ्यांक हेर्दा पनि निकै राम्रो सुधार देखिएको नेप्सेले बताएको छ । नेप्सेका अनुसार २०७६ मंसिर मसान्तमा ११५४.१ रहेको नेप्से सूचकाङ्क २०७७ मंसिर मसान्तमा २०६१.४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो ।

वित्तीय क्षेत्रको वर्चश्व कायमै

नेपाली सेयर बजारमा निकै लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्र (बिमा समेत) को वर्चश्व रहदै आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन रिपोर्टले पनि हालसम्म यहिँ क्षेत्रकै वर्चश्व रहेको उल्लेख गरेको छ ।

रिपोर्टा जनाइए अनुसार २०७७ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मंसिरसम्ममा सूचीकृत ५ अर्ब ६१ लाख संख्याको शेयर चुक्ता मूल्य ४९१ अर्ब २४ करोड रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ५ अर्ब ८० करोड बराबरको बोनस शेयर, ७ अर्ब बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले ५ अर्ब ४ करोड बराबरको डिबेन्चर, २ अर्ब २ करोड बराबरको साधारण शेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment