+
+
Shares

विराटनगरको प्रायोजक एभरेष्ट बैंक र नेमाटो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किंग्सले नेपाल प्रिमियम लिगका लागि एभरेष्ट बैंकसँग मुख्यप्रायोजन सम्झौता गरेको छ।
  • सम्झौतामा विराटनगर किंग्सका बैंकटेस मुन्दडा र एभरेष्ट बैंकका सुधीर गौतमले हस्ताक्षर गरे।
  • विराटनगर किंग्सले पीएलओ, डेभिल्स, सिंगापुर ग्रुप, एमएम ग्रुप, सुबिसु र हुलास फुडसँग सह–प्रयोजन सम्झौता गरेको छ।

३० कात्तिक, विराटनगर । नेपाल प्रिमियम लिगमा सहभागी टोली विराटनगर किंग्सले एभरेष्ट बैंकसँग मुख्यप्रायोजन सम्झौता गरेको छ । आइतबार विराटनगर किंग्स र एभरेष्ट बैंकबीच सम्झौता भएको हो ।

सम्झौतामा विराटनगर किंग्सका तर्फबाट बैंकटेस मुन्दडा र एभरेष्ट बैंकका प्रदेश प्रमुख सुधीर गौतमले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा विराटनगर किंग्स सञ्चालक मध्येका एक पारस लुनियाँले दोस्रो संस्करणका लागि टोली बलियो बनेको दाबी गरे । विराटनगर किङ्सले शनिबार नेमाटो टायल्ससँग एसोसिएट प्रायोजन सम्झौता गरेको थियो ।

विराटनगर किंग्सले सह–प्रयोजनका लागि पीएलओ, डेभिल्स, सिंगापुर ग्रुप, एमएम ग्रुप, सुबिसु र हुलास फुडसँग पनि सम्झौता गरेको छ ।

एनपीएल सोमबारदेखि सुरु हुँदैछ । मंगलबार विराटनगर किंग्सको खेल पोखरासँग छ । एनपीएलको पहिलो संस्करणमा विराटनगर किंग्स छैटौं भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?