Comments Add Comment

स्वेता भन्छिन्–‘परिवारको माया पाएर म घरकै संसारमा रमाइरहेकी छु’

नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउतले मंसिरको २२ गते बिहे गरे । ३ दिन लगाएर स्वेता र विजयेन्द्रले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए । उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको उपस्थिती खासै थिएन ।

उनै, स्वेताले चलचित्रकर्मीका लागि बिहिबार काठमाण्डौमा पार्टीको आयोजना गरिन् । बिहे भोजमा नायिका खड्का र उनका श्रीमान् विजयेन्द्रले केक काटे । बिहे भोज कार्यक्रममा निकै नै खुशी देखिएकी स्वेताले आर्शिवाद दिने सबैलाई धन्यवाद दिएकी थिइन् । उनले भनिन्–‘हामीलाई आर्शिवाद र माया गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद । यहाँहरुले दिनुभएको आर्शिवादले उर्जा मिलेको छ । जिन्दगीमा अगाडि बढ्न हौसला मिलेको छ । मलाई मेरो परिवारले निकै माया पनि दिनुभएको थियो ।’

स्वेताले पार्टी धेरै भएको भन्ने प्रतिक्रिया पनि पाएको बताउँदै भनिन्–‘पक्कै पनि पार्टी धेरै त भयो । तर, मैले मेरो चलचित्र क्षेत्रका लागि पार्टी आयोजना गर्न पाएकी थिइनँ । म घरकै संसारमा रमाइरहेकी थिएँ । मलाई स्वेता भनेर चिनाउने चलचित्र क्षेत्रका लागि यो पार्टीको आयोजना गरेको हुँ । हामीलाई अझै पनि आर्शिवाद र मायाको खाँचो छ ।’

विजयेन्द्रले भने खासै धेरै बोलेनन् । उनले, माया र आर्शिवाद दिने सबैलाई धन्यवाद भने ।केही बर्ष प्रेम सम्बन्धमा रहेपछि नायिका स्वेता खड्काले विजयेन्द्रसँग बिहे गर्ने निर्णय गरेकी थिइन् ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment