+
+
Shares

‘नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १३:२५

२ माघ, काठमाडौं ।  भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले बताएकाे छ ।

खोप निर्यातबारे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नेपाल लगायत ६ मुलुकले यो खोप पाउने समाचारमा उल्लेख छ । भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो ।

भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा निर्यात गरिनेछ । यद्यपि यो योजना अझै छलफलको क्रममा छ । यसरी गरिने निर्यातमध्ये केही सहयोगको रुपमा निःशुल्क प्रदान गरिने समाचारमा उल्लेख छ ।

योजनाअनुसार कोरोना खोपको पहिलो खेप अबको दुई साताभित्र निर्यात गरिनेछ । त्यसपछि मात्र भारतले ल्याटिन अमेरिका, अफ्रिकालगायतका मुलुकमा खोप निर्यात गरिनेछ ।

यस विषयमा भारत बायोटेक र सेरम इन्स्टिच्युटले भने कुनै जानकारी दिएका छैनन् । यद्यपि यसअघि सेरम इन्स्टिच्युटका सीईओ अदार पूनावालाले एक अन्तर्वार्तामा आगामी मार्च महिनामा मात्र भारतमा बनेको खोप निर्यात गर्न सकिने बताएका थिए । सेरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप उत्पादन गरिरहेको छ भने भारत बायोटेकले आफ्नै कोरोना खोप विकास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?