Comments Add Comment

हल खुलेसँगै सुरु भएको हो नेपाली र हिन्दी फिल्मको विभेद ?

१० महिनासम्म बन्द भएपछि नेपालका चलचित्र भवनहरु संचालनमा आएका छन् । सरकारले पौष २६ गतेबाट हल खोल्ने निर्णय गर्यो । चलचित्र संघले भने एकतर्फी रुपमा पौष १० गतेबाट हल संचालन गर्दै आएको थियो ।

हल खुलेपनि नयाँ चलचित्र भने रिलिज हुन सकेका थिएनन् । तर, माघ १ गतेबाट एक नेपाली र एक विदेशी चलचित्र रिलिज भए । माघ १ गतेबाट नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । प्रचारप्रसार खासै नगरिएको यो चलचित्रको पहिलो दिनको कमाई सुखद छैन । तर, प्रस्तुतकर्ता तथा चलचित्रका कलाकार शिव श्रेष्ठले भने चलचित्र क्षेत्रलाई माथि उठाउन आफूहरुले जोखिम मोलेको बताउँदै आएका छन् ।

हल खुलेसँगै वितरक मनोज राठी र उनको टिमले बुधबार बेलुकी तमिल चलचित्र ‘मार्सल’को हिन्दी भर्सन किनेर नेपाल ल्यायो । बिहिबार बिहान चलचित्रको सेन्सर गरियो र २ बजेको शोबाट यो चलचित्र रिलिज भयो । जसलेगर्दा, नेपाली चलचित्रको व्यापारमा केही हदसम्म असर त गरेको छ ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’लाई मोफसलमा वितरणको जिम्मा लिएको एफडी कम्पनीका प्रबन्ध निर्देशक सुशिल पोख्रेलले सामाजिक संजालमा स्टाटस लेख्दै सर्भरवालाको लापरबाहीले हिन्दी चलचित्र ‘मास्टर’लाई कुरेर समयमै हार्डडिस्क नपठाइदिएर काठमाडौं बाहिर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को शो रद्द भएको भन्दै स्टाटस लेखे । उनले, जुन निर्माताको पैसाले मोटाउने अनी त्यही निर्माताको पैसामा खेलवाड गर्ने भन्दै प्रश्न उठाएका छन् । नेपाली चलचित्रप्रति फेसबुकमा मात्र लगाब देखाउन लाज लाग्दैन भन्दै उनले प्रश्न चिन्ह सोझ्याएका छन् ।

उनले लेखेका छन्–‘कलाकार र संघ संस्था मिलेर चलचित्र हल खोलेको नेपाली निर्माता मार्न र हिन्दी चलचित्रलाई समर्थन गर्न हो ? १० महिना बन्द हाम्रो क्षेत्रलाई चलायमान बनाउन नेपाली चलचित्र रिलिज गर्ने हिम्मत गर्ने निर्माताको चलचित्र माथि हिन्दी दलाल वितरक भनौदाले पनि यस्तो प्रतिकुल समयमा पनि हिन्दी चलचित्र ल्याएर भिडाइ दिने ? आफूले आफूलाई नेपाली किन भन्नु ?’ उनले निर्माताहरुले पनि साथी र दुश्मन चिन्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

सुशिलको यो स्टाटसले चलचित्र क्षेत्रमा फेरि हिन्दी र नेपाली चलचित्रमाथिको विभेद त सुरु भएको होइन भन्ने प्रश्न चिन्ह उठेको छ । कुनै ठूलो विदेशी चलचित्र आउँदा नेपाली चलचित्रलाई पाखा लगाउने र विदेशी चलचित्र नहुँदा नेपाली चलचित्रलाई काखी च्यापे जस्तो गर्ने प्रदर्शकहरुको शैली यसअगाडि पनि नदेखिएको होइन ।

वितरकहरुले पनि आफैले वितरण गरेको नेपाली चलचित्रमाथि विदेशी चलचित्र ल्याएर चलाउने गरेको उदाहरण पनि प्रशस्तै देखिएको छ । नेपाली चलचित्रमाथि सुशिलले भने जस्तै विभेद सुरु गरिएको हो भने १० महिनादेखि कोमामा गएका हलहरु खुले भनेर नेपाली निर्माताहरुले खुशी हुनुपर्ने अवस्था आउला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment