+
+
Shares

प्रतिनिधिसभा विघटनको विरोधमा मैनबत्ती जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १४:३१

२ माघ, बुटवल । प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा मैनबत्ती जुलुस निकालिएको छ ।

‘न्याय मर्न दिँदैनौं’ लेखिएको नारासहित लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन रुपन्देहीको आयोजनामा जुलुस निकालिएको हो । मिलनचोकदेखि राजमार्ग चौराहासम्म निकालिएको मैनबत्ती जुलुसमा एकदर्जन बढी संस्थाको सहभागिता थियो ।

जुलुसपछि आयोजित कोणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक मात्र नभई प्रतिगामी समेत भएकाले यसलाई आन्दोलनका बलमा उल्ट्याउनुको विकल्प नभएको बताए ।

‘प्रधानमन्त्रीले सनकको भरमा स्वेच्छाचारी र निरंकुश तरिकाले संविधान र लोकतन्त्रको हत्या गर्न खोज्नुभयो,’ खनालले भने, ‘सर्वोच्चले संविधान र लोकतन्त्र मर्न दिनेछैन ।’

कोणसभामा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्धबहादुर थापा,अग्रज पत्रकार बालकृष्ण चापागाई,अधिवक्ता बाबुराम पाण्डे,वुमन केयरकी अध्यक्ष रिता केसी र गुनाराम घिमिरेले बोल्दै प्रतिनिधि सभा पुनर्स्थापना नहुँदासम्म नागरिक आन्दोलन जारी राख्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?