Comments Add Comment

विश्व वरीयतामा प्रिन्सकाे छलाङ

जुनियरतर्फ पहिलाे पटक तेस्राे स्थानमा

फाइल तस्वीर

२ माघ, काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनकाे जुनियर वरीयतामा ठूलाे छलाङ मारेका छन् । विश्व ब्यमड्मिन्टनकाे सर्वाेच्च संस्था वर्ल्ड ब्याडमिन्टन फेडेरेसनले शुक्रबार जारी गरेकाे नयाँ जुनियरमा प्रिन्स तेस्राे स्थानमा उक्लेका छन् ।

उनीभन्दा माथि डेनमार्कका म्याड्स जाेएल मुलर र भारतका वरुढ कपुर रहेका छन् ।
प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुूलो सफलता हात पारेका हुन् । उनले यसलाई ठूलाे उपलब्धि मानेका छन् । मेराे लागि व्यक्तिगत रुपमा र नेपालकै लागि याे ठूलाे उपलब्धि हाे । सिराहाकाे गाेलबजारमा पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन प्रतियाेगिता खेलिरहेका प्रिन्सले अनलाइनखबरसँग भने ।

पुष्पलाल स्मृति ब्याडमिन्टनमा नवीन श्रेष्ठलाई २१-११, २१-१७ लेपराजित गर्दै प्रिन्स शुक्रबार सेमिफाइनल प्रवेश गरेका छन् । उनले अब सेमिफाइनलमा नेपाल नम्बर वान खेलाडी रत्नजित तामाङसँग खेल्नेछन् ।

जसमा नेपालका प्रिन्सले जुनियरतर्फको विधामा विश्वका उत्कृष्ट तीन खेलाडीमा उक्लिन सफल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment