Comments Add Comment

रत्न, प्रिन्स, प्रफुल र दिपेश सेमिफाइनलमा

२ माघ, काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपीएफका दिपेश धामीले योनेक्स सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाइनल खेलमा रत्नले भोजपुरका विकास श्रेष्ठलाई २१-१८, २१-१८ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । अब रत्नले फाइनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्ससँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१-११, २१-१७ ले पन्छाउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । यस्तै आर्मीका प्रफुलले एपीएफका गौतम कठायतलाई ९-२१, २१-१६, २१-१३ले पराजित गर्दै सेमिफाइनलमा एपीएफका दिपेश धामीसँगको भेट पक्का गरेका हुन् । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१-१३, २१-९ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला उच्च १२ तर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ्ग एपिएफकी शोभा गौचनलाई २१-६, २१-१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् । उनले अब सेमिफाइनलमा जेशिका गुरुङ्गको सामना गर्नेछिन् । एपीएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१-९, २१-१७ ले पन्छाइन् । यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१-१७, २१-७ ले पराजित गर्दै आर्मीकै अमिता गिरीसँगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनुमाया राईलाई २१-१६, २१-९ ले पराजित गरिन् ।

गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको उच्च १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका विशाल तामाङलाई २१-१३, २१-१५ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरे । यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पुर्णबहादुर थापालाई २१-१३, २२-२०, कैलालीका देवराज रानाले पाँचथरका एसिया जबेगुलाई २१-११, २३-२१ले, कञ्चनपुरका विवेक चौधरीले सेनाका गोकुल जोरालाई २१-१४, २०-२२, २१-१४ ले, सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१-१५, ११-२१, २१-७ ले, एपिएफका ईन्द्रबहादुर महताले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१-१७, २१-८ ले, सेनाका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१-१५, २१-१२ ले तथा सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई २१-१६, २१-१५ ले पराजित गरे ।

महिला तर्फ खोटङ्गकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । रेनुकाले पाल्पाकी सुष्मा बुद्धलाई २१-१४, २१-१४, समिक्षाले कञ्चनपुरकी बिणा बिष्टलाई २१-१८, २१-१९ले, रोजले एपीएफकी निकिता लामालाई २१-१०, २१-५ले तथा अस्मीताले पाल्पाकी जानुका कनौजलाई २२-२०, २१-१८ ले पराजित गरे ।

यस्तै झपाकी अञ्जना राईले कैलालीकी प्रियान्सी बमलाई २१-१४, २१-७ ले, एपिएफकी प्रेक्षा राईले कैलालीकी ऐलिना तिरवालाई २१-१५, १५-२१, २१-१३ ले तथा खोटाङ्गकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई १८-२१, १८-२१, २१-८ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । यस्तै अर्की खेलाडी कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटरफाईनल प्रवेश गरेको डेपुटी रेफ्री अनुप शाक्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment