Comments Add Comment

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ

३ माघ, काठमाडौं । शे-फोक्ण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई नाल भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका-११ मुह क्षेत्रबाट निकुञ्ज कार्यालयका प्रतिनिधिले स्थानीय प्रहरीको सहयोगमा सोही ठाउँका पाँचजनालाई नियन्त्रणमा लिएका हुन् ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-११ मुहका ४५ वर्षीय मनबहादुर बुढा, ३७ वर्षीय चन्द्रप्रसाद बुढा, वडानम्बर-७ पहाडाका ४१ वर्षीय सूर्यबहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन् ।

उनीहरुको घरबाट २ नाल भरुवा बन्दुक, एक थान बारुदको डिब्बा, ४५ थान छर्रा, कस्तुरी मार्ने पासो १४ थान, बारुद भरिएको चौरी गाईको २ वटा सिङ र शङ्कास्पद कस्तरीको दाँत ४ वटा बरामद भएको निकुञ्ज कार्यालयले जनाएको ५ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment