पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । पुस २८ गते आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा लोकप्रिय खेलाडीको अवार्डका साथै टिम अफ दि इअरको अवार्ड जितेकी अरुणालाई शनिबार पोखरामा नगदसहित सम्मान गरिएको हो ।
गण्डकी प्रदेश सरकारले अरुणालाई नगद १ लाद प्रोत्साहन स्वरुप प्रदान गरेको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अरुणालाई नगद १ लाखको चेक प्रदान गरेकी छन्
सामाजिक विकास मन्त्री पुनले अरुणालाई बधाई दिंदै मन्त्रालय प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताइन् ।
यसैगरि अरुणा शाही जिताउ अभियानअन्तर्गत बचत रकम समेत अरुणालाई हस्तान्तरण गरिएको छ । अभियान अन्तर्गत बचत भएको ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ पनि अरुणालाई हस्तानतरण गरिएको छ ।
बचत रकम र प्रदेश सरकारको प्रोत्सहान वापत १ लाखसहित कूल ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो ।
अभियानअन्तर्गत भएको भलिवल प्रतियोगितामा टिकट विक्रिबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको थियो ।
अरुणाले पल्सर स्पोर्टस अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जित्दा आफूलाई अझै जिम्मेवारी बोध भएको बताइन् । साथै अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गरिन् । यस्तै उनले यो जित आफ्नो मात्रै नभई सबै भलिवल खेलप्रेमीहरुको जित भएको बताइन् ।
तस्वीर : पोखरा स्पोर्ट्स
प्रतिक्रिया 4