+
+
Shares

अब हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने

रासस रासस
२०७७ माघ ४ गते १२:३७
हुम्ला एयर्पोर्ट । फाइल तस्वीर

४ माघ, सिमकोट । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।

यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो ।

जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट आउँदा रु दुई हजार तिरेर पिसिआर रिपोर्ट ल्याउनु पर्दा जिल्लावासी समस्यामा पर्ने गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको कोभिड विपत् व्यवस्थापन समितिको बैठकले अनिवार्य पिसिआर नचाहिने निर्णय गरेपछि सो समस्याबाट यहाँका स्थानीयवासीले छुटकारा पाएका छन् ।

सिमकोट आउदा पिसिआर रिपोर्ट नचाहिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?