Comments Add Comment

बाँकेमा हत्या गरिएको अवस्थामा एक कर्मचारीको शव फेला

४ माघ, काठमाडौं । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ ।

सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

डीएसपी खड्काका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार करिब १०ः१५ बजेको समयमा खेतबारीमा एक पुरुषको शव फेला परेको जानकारी प्रहरीलाई गराएका थिए । सुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत थापाको भन्ने खुलेको उनले बताए ।

खड्काले भने, ‘थापाको शव उनको घरभन्दा करिब साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिन्छ । टाउकोमा लागेको चोटका कारण नै उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।’

डीएसपी खड्काले भने, ‘बिहीबार उनी अफिस गएको देखिन्छ । अफिस गएपछि पनि उनको सम्पर्क परिवारसँग भएको देखिन्छ । बिहीबार साँझदेखि सम्पर्कविहीन भएका उनको सोही दिन  हत्या भएको देखिन्छ । अनुसन्धानलाई साँघुरो पारेर लगेका छौं । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment