+
+
Shares

गुल्मीमा एक व्यक्ति मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १३:०७

४ माघ, गुल्मी । गुल्मीमा एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उप।प्क्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

बिहान घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरवार गाउँपालिकाको वडानम्बर–१ बरेवाखोलामा मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

विकको शवमा केही चोट देखिएकाले पोष्टमार्टम रिपोर्टपछि मात्रै थप जानकारी आउने डिएसपी पाण्डेले बताए । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?