Comments Add Comment

बाराको दुधौरा नदीमा बन्ने पुलको शिलान्यास

४ माघ, वीरगञ्ज । बाराको रमौलीघाटस्थित दुधौरा नदीमा पुल निर्माण हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–८ रमौली लोसन्डा र वडा नम्बर २० बसडील्वा जोड्ने पुल निर्माण गर्न लागिएको हो ।

जीतपुर–ईनर्वासिरा सडक अन्तर्गत पर्ने पुलको आइतबार प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शिलान्यास गरेका छन् ।

१ सय मिटर लामो पुल बनाउनका लागि भ्याटसहित १२ करोड ७० लाख ७२ हजार ८ सय ५७ रुपैयाँ १४ पैसामा ठेक्का सम्झौता भएको छ । हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । आगामी २०७६ असोज २८ गते सम्झौता भएको पुलको काम २०७९ बैशाख २ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पुल नहुँदा वर्षायाममा सर्वसाधारण २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । पुल बनेपछि जितपुरसिमराका बासिन्दालाई बाराको सदरमुकाम कलैया आउ–जाउ गर्न पनि सहज हुने छ ।

पुल शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सोनलले विकास निर्माणमा प्रदेश नम्बर २ ले अन्य ६ वटा प्रदेशलाई पछाडि छोडेको दावी गरे । पुल बनेपछि ग्रामिण क्षेत्रका किसानको उत्पादन सहर बजारसम्म पुर्याउन सहज हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment