Comments Add Comment

चोरी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

४ माघ, काठमाडौं । काठमाडैंको बौद्धबाट चोरी मुद्दाका फरार एक प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय दीपक श्रेष्ठ रहेका छन् ।

काठमाडौं जिल्ला अदालतले ०६३ पुस २३ गते चोरी मुद्दामा उनीविरुद्ध ५८ वर्ष कैद सजाय सुनाएको थियो ।

शनिबार पक्राउ परेका उनलाई फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment