Comments Add Comment

बालसाहित्य समाजको अध्यक्षमा ध्रुव घिमिरे निर्वाचित

काठमाडौं । शनिबार काठमाडौंमा भएको ‘नेपाल बालसाहित्य समाज’को निर्वाचनमा ध्रुव घिमिरे अध्यक्षमा विजयी भएका छन् । घिमिरे १०६ मत ल्याउँदा प्रतिद्वन्द्वी केदार श्रेष्ठले ६७ मत ल्याए । उपाध्यक्षमा प्रमोद प्रधानले ११७ मत ल्याएर विजयी हुँदा उनका प्रत्यासी कृष्णदीप सिग्देलले ५५ मत ल्याए ।

प्राप्त जानकारीअनुसार महासचिवमा यशु श्रेष्ठ ९६ मत, सचिवमा यादेवी ढकाल ८८ मत ल्याएर विजयी भए । निर्वाचनमा बढी मत ल्याएर विजयी हुने ६ जना सदस्यहरू सुशीला प्रधानाङ्ग १३७ मत, मञ्जु ज्ञवाली १३७ मत, शान्ति सापकोटा १३३ मत, सजनी नौबागे, १०५ मत, उद्धव प्याकुरेल १०४ मत र एकाराम सिंह १०३ मत ल्याएर विजयी भए ।

यसअघि कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी निर्विरोध निर्वाचित भइसक्नु भइसकेका छन् । कूल १९३ मतदाता रहेको नेपाल बालसाहित्य समाजको निर्वाचनमा अनलाइन तथा प्रत्यक्ष दुवै गरी कूल १७३ मत खसेको थियो ।

अध्यक्ष ध्रुव घिमिरे पाका उमेरका साहित्यकार हुन् भने उनका उमेदवार केदार श्रेष्ठ युवा पुस्ताका नाट्यकर्मी तथा बालसाहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment