Comments Add Comment

अफगानिस्तानमा सर्वोच्चका दुई महिला न्यायाधीशको हत्या

Photo Credit : EPA

४ माघ, काठमाडौं । अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्या भएको छ ।

आइतबार बिहान गाडीमा आफ्नो कार्यालय जाने क्रममा बन्दुकधारीहरुले आक्रमण गरेका थिए । यो आक्रमण काबुलको क्लावा ए फतुल्लाह क्षेत्रमा भएको बीबीसीले जनाएको छ ।

अदालतका प्रवक्ता अहमद फहिम कवीमले भनेका छन्, ‘आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमायौं । उनीहरुका चालक घाइते भएका छन् ।’

पछिल्लो केही महिनादेखि अफगानिस्तानमा हत्या हिंसा बढेको छ, पत्रकार, राजनीतिकर्मीहरुलाई निशाना बनाउने गरिएको छ ।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजाने क्रम बढेसँगै पत्रकार, सामाजिक कार्यकर्ता र राजनीतिक व्यक्तित्वहरुको हत्या हुने क्रम बढेको छ । अहिले अफगानिस्तानमा २५ सय अमेरिकी सेना छन् । अफगानिस्तानका उपराष्ट्रपतिले हालै दिएको एक अन्तर्वार्तामा अमेरिकी सेना हट्दा मुलुकमा थप हिंसा बढ्ने आशंका गरेका थिए ।

महिला न्यायाधीशको हत्यामा अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन । यद्यपि तालिबानले यो हत्या गराएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि यो चरमपन्थी संगठनले भने हत्या गराएको स्वीकार गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment