Comments Add Comment

गजराज जोशी फुटबल प्रतियोगिता सोमबारदेखि

४ माघ, काठमाडौं । एस डी नाइन्टी नाइट स्पोर्टस कर्नरको आयोजनामा सोमबारदेखि अन्तर वडास्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

वडा नम्बर २ मा रहेको भूतखेल मैदानमा सात दिनसम्म चल्ने प्रतियोगितामा वडा नम्बर सात र वडानम्बर ६ काबीचमा उद्घाटन खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए ।

प्रतियोगिताका टोखा नगरपालिकाका ७ वटा वडाका टिमले प्रतिस्पर्धा गर्ने छन् । सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वडा नम्बर ३, ६ र ७ रहेका छन् । यसैगरी समूह ‘बी’मा वडा नम्बर १, २, ४ र ८ रहेका छन् ।

गजराज जोशी ट्रस्ट र हेडलाइन्स स्पोर्टस क्याफे प्रायोजक रहेका छन् भने विशेष सहयोगकीको रुपमा बी डिभिजन लिगमा रहेका भगवती क्लब रहेको छ ।

प्रतियोगिताको विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ३५ हजार पाउने छन् ।
यसैगरी विधागत उत्कृष्ट पाँच खेलाडीले जनही ५ हजार पाउनेछन् ।

गजराज जोशी ट्रस्टका अध्यक्ष अनिश जोशीले कोभिडको महमारीमा पनि खेलकुदलाई चलायमान गराउने उद्देश्यले युवाहरुले फुटबल प्रतियोगिता आयोजना गरेका कारण सहयोग गर्न लागिएको जानकारी दिए । गजराज जोशी आफैमा एथ्लेटिक्स खेलाडी भए पनि पहिला फुटबल खेलाडी नै भएकाले यो प्रतियोगितामा ट्रस्टले सहयोग गर्न लागेको पनि उनको भनाइ थियो ।

यसैगरी वडा नम्बर २ का अध्यक्ष दीपकराज जोशीले प्रतियोगितामा टोखा नगरपालिकाको पनि सहयोग रहने प्रष्ट पारे । टोखालाई चिनाउनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा स्थानीय खेलाडी उत्पादन गर्न पनि सहयोग हुने विश्वास व्यक्त गरे ।

भगवती क्लबका अध्यक्ष मदन श्रेष्ठले प्रतियोगिताभर म्याच कमिस्नरको रुपमा आफू रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment