Comments Add Comment

युनाइटेड र लिभरपुलले अंक बाँडे

५ माघ, काठमाडौं । लिग लिडर म्यानचेष्टर युनाइटेड र साविक विजेता लिभरपुलले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राती भएको खेलमा युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

बराबरी पछि युनाइटेड शीर्ष स्थानमा यथावत छ र दोस्रो स्थानको लेस्टर सिटीमाथि २ अंकको अग्रता बनाएको छ ।

युनाइटेडले १८ खेलबाट ३७ अंक जोडेको छ ने लेस्टरको ३५ अंक छ । समान खेलबाट ३४ अकसहित लिभरपुल तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत नै आइतबार भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३-१ ले पराजित गर्दै टोटनहम हट्सपर चौथो स्थानमा उक्लेको छ ।

टोटनहमको १८ खेललाट ३३ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment