Comments Add Comment

‘दिगो विकासका लागि चिया निर्यात आयोजना’मा रोजगारीको अवसर

५ माघ, काठमाडौं । नेपालको दिगो विकासका लागि चिया निर्यात आयोजनाले रोजगारी दिन लागि आवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै माताहतको आयोजनाका लागि न्यास्नल प्रोजेक्ट म्यानेजर र मनिटरीङ तथा रिर्पोटिङ अफिसर गरी दुई पदमा आवेदन माग गरेको हो ।

न्यास्नल प्रोजेक्ट म्यानेजर पदमा आवेदन दिन कृषि, अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर गरेको र १० वर्षको कार्यअनुभव हुनुपर्छ । यस्तै मनिटरीङ तथा रिर्पोटिङ अफिसर पदमा आवेदन दिन व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेको र व्यापार सम्बन्धी विशेषज्ञाता हुनु पर्ने योग्यता तोकिएको छ ।

यो पदमा आवेदन दिन पाँच वर्षको कार्यनुभव हुनुपर्ने छ । योग्य उम्मेदवारले दुवै पदमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ । चिया तथा कफी बिकास बोर्डसंगको सहकार्यमा उद्योग मन्त्रालयमार्फत सञ्चालन हुने कार्यक्रम नेपालको कफी तथा चिया निर्यातकालागि सहजीकरण गर्ने हो । तेस्रो मुलुकहरुको गरिबी निबारणकालागि स्वीस सहयोग निकाय ईआएफले आयोजनालकागि आर्थिक सहयोग उपलब्ध गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment