Comments Add Comment

‘पारस’ छाडेका माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै

चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिए । तर, अब यो चलचित्रबाट उनी टाढा भैसकेका छन् । चलचित्रको सम्पूर्ण अधिकार नायक भूवन केसीलाई सुम्पदै माधवले यो चलचित्र छाडे ।

चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘हिमानी’ राखिएको छ । विकास बोर्डमा नाम दर्ता भैसकेको यो चलचित्रको छायांकन चैत्रबाट सुरु गरिने माधवले बताए । उनले भने–‘यो महिला केन्द्रित चलचित्र हो । यसमा प्रेम, रोमान्स र सस्पेन्स सबै समावेश हुन्छ ।’

माधवले चलचित्रका लागि कलाकार कोही पनि फाइनल नभएको बताए । उनले, विकास बोर्डमा दर्ता गर्दा भने कलाकारमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र अर्पण थापाको नाम उल्लेख गरेका छन् । तर, बोर्डमा चलचित्र दर्ता गर्दा कलाकारको नाम समावेश गर्नुपर्ने भएकाले आफूले नजिकका कलाकारको नाम समावेश गरेको माधवले बताए ।

माधवका अनुसार, उनले केही दिनमै चलचित्रका लागि कलाकार अडिसनबाट छनोट गर्ने तयारी गरेका छन् । चलचित्रको नाम ‘हिमानी’ भएपनि यसले पूर्व यूवराज्ञी हिमानी शाहको जीवन कथा नबोल्ने उनको भनाई छ । उनले भने–‘नाम हिमानी भएपनि यसको कथा काल्पनिक हो । कसैको जीवनसँग मेल खाँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment