Comments Add Comment

सामसुङका उत्तराधिकारीलाई घुसकाण्डमा जेल सजाय

५ माघ, काठमाडौं । दक्षिण कोरियाको एक उच्च अदालतले सामसुङका उत्तराधिकारी ली जेई योङलाई साढे दुई वर्षको जेल सजाय सुनाएको छ । उनलाई घुसको दिएको मुद्दामा दोषी पाइएको भन्दै जेल सजाय सुनाइएको हो । यो मुद्दामा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गेयुन हेईको नाम पनि जोडिएको थियो । उनी भ्रष्टाचार र घुसकाण्डमा अहिले जेलमा छिन् ।

यो मुद्दा दोस्रोपटक चलाइएको हो, जसमा ली जेई योङलाई पनि जेल सजाय सुनाइएको हो । लीले सन् २०१४ मा आफ्ना पितालाई हृदयाघात भएपछि कम्पनीको नेतृत्व सम्हालेका थिए । उनका पिताको गत वर्ष निधन भएको थियो । ली सन् २०१४ देखि सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख रहँदै आएका छन् । अदालतको फैसलासँगै भविष्यमा कम्पनीमा उनको भूमिकामा असर पर्न सक्ने आशंका सुरु भएको छ ।

अदालतको फैसलासँगै सामसुङको शेयरमा पनि चार प्रतिशतको गिरावट देखिएको छ । अदालतको फैसलासँगै अब लीले कम्पनीको कुनै पनि निर्णय लिन पाउनेछैनन् । अदालतको फैसलाअनुसार राष्ट्रपतिलाई आफू सामसुङको निर्विरोध उत्तराधिकारी बन्न सहयोगको हेतुले शक्तिको प्रयोग गराउन लीले घुस दिएका थिए । अदालतले राजनीतिक नेतृत्व परिवर्तन हुँदा मुलुकको शीर्ष कम्पनी पटकपटक अपराधमा सामेल हुनु दुर्भाग्यपूर्ण रहेको अदालतले बताएको छ ।

अदालतले ली घुस दिएको, अनियमितता गरेको र करिब आठ अर्ब ६० करोड डलरको अनियमिततालाई लुकाउने प्रयास गरेको मामिलामा दोषी पाइएको बताएको हो । लीका वकिलले भने अदालतको आदेशमा निराशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment