Comments Add Comment

एक्साइड ब्याट्रीको लागि पेपरलेस वारेन्टी

एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ । पेपरलेस वारेन्टी मार्फत् एक्साइड ब्याट्रीको वारेन्टी अवधिमापाउने सुबिधाको लागि अब वारेन्टी कार्ड खोजि राख्नुपर्दैन ।

अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदीएप डाउनलोड गरि त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्नेछन् ।

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारी भन्छन्, ‘एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा हाम्रो ग्राहकहरुको ठूलो भुमिका रहेको छ । ग्राहकहरुको हामी प्रतिको उदारता र विश्वासले हामीलाई सँधै ग्राहकहरुको हितमा काम गर्ने उर्जा र हौसला प्रदान गर्छ । त्यही कार्यलाई निरन्तरता दिँदै हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौं । धेरै ग्राहकहरुबाट वारेन्टीको दावी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन हामीले पेपरलेस वारेन्टीको सुरुआत गरेका छौँ । यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ ।’

पेपरलेस वारेन्टीको अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वावारेन्टी कार्डमा भएको क्युआर कोड स्क्यान गरि रेजिस्टर गर्न सक्नेछन् । यसको बारेमा थप जानकारीको लागि सिप्रदीको टोल फ्रि नम्बर एनटीसी भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्नेछन् ।

पेपरलेस वारेन्टीबाट ग्राहकहरूले कुनै झन्झटरहित वारेन्टी सजिलै  प्राप्त गर्न सकिने भएकोले यसलाई ग्राहकहरूले मन पराइदिनु भने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment